एक दिन सिद्धार्थ कुमार(गौतम बुद्ध ) बजार परिक्रमा गर्न निस्कीएका थिए । उनले एउटा विरामी मान्छे देखे र सारथी संग सोधे "उ किन विरामी छ ?" सारथीले भने "सबै मान्छे बिरामी हुन्छन् रोग लाग्छ ।"केही पर पुगे पछि फेरी सिद्धार्थ कुमारले एउटा बुढो मान्छे लौरो टेकेर हिडिरहेको देखे र सारथीलाई सोधे "यो मान्छे किन बुढो भएको हो ?" सारथीले भने "संसारमा सबै मान्छे बुढो हुन्छन् । "केहि पर पुगेपछि फेरी एक जना मरेको मान्छे वरीपरी परिवारहरु बसेर रोईरहेको देखे सिद्धार्थ कुमारले अनि फेरी सारथीलाई सोधे "यो के भएको हो ? "सारथीले भने "यो मान्छे मरेको हो अनि परिवारजनहरु वरीपरी बसेर दुःख मनाई रहेका छन् ।" सिद्धार्थलाई उनले भने "कुमार प्रत्येक मान्छे जन्मेपछि रोगि हुन्छ, बुढो हुन्छ र एक दिन मर्छनै यो सास्वत सत्य हो श्रृष्टीको नियम हो ।" यि घटना र परिदृश्यले सिद्धार्थ कुमारमा ठुलो चोट प¥यो ।
-"संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।" - भगवान गौतम बुद्ध
उनी चिन्तन गर्न थाले दुःख छ , रोग छ , बुढ्याई छ , जन्म र मृत्यु पनि संगसंगै छ किन ? सिद्धार्थ कुमारको धेरै समय यस्तै भवरोगको निवारणका विषयमा चिन्तन गर्दा गर्दै वित्न थाल्यो ।
जब गौतम बुद्धले जिबनको वास्तविकता बुझे, उनि निकै चिन्तित भए । बुद्धले मान्छे किन बिरामी हुन्छ ? किन बुढो हुन्छ ? र किन मर्छ ? भनेर बुझ्न दरबार त्यागेर ज्ञानको खोजीमा निस्कने निर्णय गरे ।
"आफ्नो लक्ष्यमा पुग्नु भन्दा पनि महत्वपूर्ण भनेको लक्ष्य प्राप्त गर्नुअघि सफलतापूर्वक यात्रा गर्न सक्नु हो । हजारौँ शब्द भन्दा शान्ति ल्याउने एउटा शब्द धेरै शक्तिशाली हुन्छ।"- भगवान गौतम बुद्ध
२९ वर्षको उमेरमा सिद्धार्थ कुमारको छोरा राहुलको जन्म भएको थियो । राहुलको जन्म भएको ७ दिनमा सिद्धार्थ कुमारले गृहत्याग गरे । गृहत्याग गरि जाँदा सिद्धार्थ कुमारले चढेर गएको घोडाको नाम कन्थक र सारथीको नाँऊ छन्न–छन्दक थियो । त्यति बेला सिद्धार्थकुमार, सारथी छन्दक र घोडा कन्थक सबै २९ वर्षका थिए । गृहत्याग गरि जाँदा अनोमा नदीको किनारमा पुगेपछि आफैले आफ्नो कपाल काटी भिक्षु हुँदा बचेको लामो कपाल कहिल्यै बढेन फेरी काटुनु पनि परेन । त्यसपछि सिद्धार्थले भोक भोकै बसेर ध्यान गर्दा शरीर धेरै सिथिल भए पछि उनलाई शरिरधारण गर्न आवश्यक अल्प भोजन गरेरै ध्यान गर्नु पर्छ भन्ने चेतना आयो । त्यसपछि उनि सँधै मानव जातिकै कल्याणको लागि चिन्तन, मनन् ध्यानको अभ्यास निरन्तर गर्न लागे।
दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका सिद्धार्थ गौतम संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किए । उनी परिवारको ईच्छा विपरीत दरबारबाट भागेर ज्ञानको खोजीमा निस्किएका थिए । कठोर तपस्यापछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो ।जब गौतम बुद्धले जिबनको वास्तविकता बुझे, अनि बल्ल उनले बुद्धत्व प्राप्त गरे ।
"तपाईले हजारौँ लडाइँहरु जित्नुभन्दा आफूमाथि नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै जितको अनुभव सधैँ गरिरहनुहुनेछ । यसका लागि हामीले आफ्नो मनमस्तिस्कलाई काबूमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु ? मैले गर्नुपर्ने काम के हो ? भन्ने प्रश्न आफूलाई बारम्बार सोधिरहनुहोस् ।"- भगवान गौतम बुद्ध
यसरी सिद्धार्थ कुमारले बुद्धागयामा वैशाख पूर्णिमाको राती तेश्रो पहरमा पिपलको रुख मुनि वोधिज्ञान प्राप्त गरेका थिए । त्यस वेला उनि ३५ वर्षको थिए । त्यस पिपलको रुखलाई बोधिबृक्ष भनिन्छ । त्यस पछि ३६ वर्षको उमेरमा ऋषिपतन मृगदावन सारनाथामा धर्मचक्र प्रवर्तन (प्रथम उपदेश) गरेका थिए। ५ जना गृहत्यगिहरुले प्रथम उपदेश लिए । ती हुन कौण्डन्य ,वप्प, भद्धिय, महानाम र अस्सजीत । प्रथम भिक्षु कौण्डन्य थिए भने सर्व प्रथम त्रिरत्नको शरणमा जाने यशकुमारका पिता, माता , सुजाता र पत्नी थिईन भने सर्वप्रथम भिक्षु हुने गृहस्थ थिए यश कुमार ।
"एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । तरपनि उसको उज्यालो कहीँकतै कम हुँदैन । त्यस्तै जीवनमा खुसी बाँड्दा यसरी नै बढ्छ, कम हुँदैन ।"- भगवान गौतम बुद्ध
शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मे । वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे ।

0 comments:
Post a Comment