नयाँ कोरोनाभाइरस विश्वभर 210 देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्।
अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन।
खोप कहिलेसम्म बन्ला त?
वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेको छन्।
जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ।
तर यो वर्षको अन्त्य अगाडिनै पनि वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ।
यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बीचतिर मात्रै हो।
तर खोप विकासको सबै कुरा सहज नहुन सक्छ जसले यसलाई ढिलो बनाउन सक्छ।
मानिसमा अहिले चार प्रकारको कोरोनाभाइरस सङ्क्रमण छ। सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन।
के खोपले सबै उमेरका मानिसलाई बचाउँछ?
खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ।
यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने कारणले हो।
सिटामोलसहित सबै औषधिहरूको साइड इफेक्ट हुन्छ। तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन।
खोप नबनेसम्म के उपचार छ त?
खोपले सङ्क्रमणबाट जोगाउँछ र खोप लिने सही समय सङ्क्रमण अगाडि स्वस्थ अवस्थामा नै हो।
नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने धेरै मानिसहरूमा यसको असर सामान्य हुन्छ।
केही एन्टीभाइरल औषधिहरू परीक्षण भइरहेका छन् तर त्यो कहिले तयार हुन्छ भन्ने अहिल्यै भन्न सकिन्न।
खोप कसरी बन्छ?
खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ जसले हाम्रो शरीरले त्योसँग लड्न सिक्छ।
र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ।
खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन्।
तर नयाँ कोरोनाभाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन्। यसको अनुवांशिक कोड थाहा भएको भएर वैज्ञानिकहरूले यो भाइरस 'निर्माण' गर्न सक्छन्।
केही वैज्ञानिकहरूले कोरोनाभाइरसको कोडलाई अर्कै हानिरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन्। यदि यो विधि सफल भयो भने शरीरमा हानिरहित भाइरस पठाएर कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ।
अन्य वैज्ञानिकहरूले भने यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन्।
ENGLISH TRANSLATION:
Coronavirus(COVID-19): When the vaccine becomes?
BBC
The new coronavirus is spread across two hundred ten(210) countries worldwide and thousands of new infections are becoming public every day.
No vaccine has been made to rescue people from Covid-19 yet.
How long will the vaccine last?
Scientists have developed the vaccine and are testing it on animals.If the animal test is successful, it could be tested by humans by the end of the year.
But even if scientists claim to have discovered the vaccine before the end of the year, it will take time to make it in large numbers.
This means that the fastest vaccine time available is only in the middle of the 2021.
But not all vaccine development can be so easy that it can slow it down.
There are currently four types of coronavirus infection in humans. Everyone is fluffy and we have no vaccine.
Does vaccine save people of all ages?
Although vaccinated, it will be less successful in older people.
This is not because of the vaccine, but rather because of the low immunity of older people.
What is the treatment until the vaccine is made?
The vaccine protects against infection and the correct time to get the vaccine is in the healthy state before infection.
Some antiviral drugs are currently being tested, but it is not yet known when they will be ready.
How does a vaccine become?
The vaccine sends a small number of viruses to our body so that our body can fight it.
And then when that virus comes into our body, the body knows how to cope with it.Vaccines are used to weaken viruses that cannot completely infect the body.
But scientists are using a different method to make vaccines for new coronaviruses. Knowing its genetic code, scientists can 'build' the virus.
Some scientists are testing the code of the coronavirus by adding it to another harmless virus. If this method is successful, the immune system against the coronavirus can be developed by sending harmful viruses to the body.






0 comments:
Post a Comment