कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ।
यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ।
कोरोनाभाइरस सङ्क्रमणको महामारीको बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ?
कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएपछि त्यो कदमलाई धेरैले स्वागत गरेका छन्।
ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको भयले मानिसको चिन्तासम्बन्धी मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्छ।
त्यसैले अहिले चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन्।
कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?
१. समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्याउनुहोस् ।
- आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस् ।
- विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस् ।
२. समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस्।
- ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस्। तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्।
- भाइबर र ह्वाट्स्यापमा अरू पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस्। तिनलाई बन्द गरिदिनुहोस्।
सामाजिक सञ्जालबाट टाढै बसेर मानसिक शान्ति पाएका धेरै मानिस हाम्रो समाजमा छन्। यो बेला तिनको अनुसरण गर्नुहोस्।
३. हात धुने गर्नुहोस्, तर अति नगर्नुहोस्।
बारम्बार हात धोइराख्न सल्लाह दिइयो भने उनीहरूलाई झर्को लाग्न सक्छ।
उनीहरूलाई एक्लै राख्नु पनि उचित हुँदैन।
त्यसैले मानसिक समस्या भएका मानिसको अवस्था विचार गरेर सावधान हुन सिकाउनुहोस्।
४. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्।
आउने दिनमा धेरै मानिसहरू एक्लै बस्ने अवस्थामा पुग्न सक्छन्।
त्यसैले आफूलाई मन पर्ने र माया गर्ने मानिसको टेलिफोन नम्बर र अन्य सम्पर्कको सूची बनाउनुहोस्।
एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसैअनुसार चल्ने गर्नुहोस्। प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयत्न गर्नुहोस्।
दुई हप्तासम्म एक्लै बस्नुपर्ने अवस्था आएमा त्यसलाई उत्पादनशील बनाउन सकिन्छ। त्यसबारे सोच्नुहोस्।
दुई हप्ताको अवधिमा तपाईँले धेरै सिर्जनशील काम गर्न सक्नुहुन्छ। तपाईँले आफूले गर्नुपर्ने कामको सूची बनाउन सक्नुहुन्छ। वा आफूले लामो समयअघिदेखि पढ्छु भनेको पुस्तक पढेर सिध्याउन सक्नुहुन्छ।
५. आफूलाई धपेडी हुने काम नगर्नुहोस्।
कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ। शान्त रहनुहोस्।
माईन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ।
एङ्जाईटी यूकेले चिन्ता हटाउन दिएको सुझाव :
- स्वीकार : मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस्।
- विश्राम: तपाईँले सधै गर्ने जस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजनाउनुहोस्। विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस्।
- नबहकिनुहोस्: सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस्।
- परित्याग: सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन्। तपाईँले केही गर्नै पर्दैँन। ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्।
- वर्तमान: अहिलेको क्षणमा रमाउनुहोस्। यो क्षणमा सबै राम्रै भइरहेको छ। आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस्। आफ्नो धरातलतिर ध्यान दिनुहोस्। वरिपरिको वास्तविकता हेर्नुहोस्, सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्। यो क्षणमा। त्यसपछि आफ्नो ध्यान अर्कोतिर मोड्नुहोस् र आफूले के गर्नु पर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस्। वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस्। ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस्।
ENGLISH TRANSLATION:
ENGLISH TRANSLATION:
Coronavirus: How to Protect Mental Health, How to Eliminate Anxiety During an Epidemic Outbreak.

The epidemic of coronavirus infection has now infected the entire world. A flood of news about this can make us anxious.
It is affecting people's mental health. Such news can make many people more anxious and suffering mental health problems like obsessive compulsive disorder (OCD).How can we solve our mental health problems during a pandemic of coronavirus infection?
Many people have welcomed the move after the World Health Organization advised them to take care of mental health during the spread of coronavirus infection.
Nicky Lidbetter, of the British charity Angie UK, believes that fear of a situation that is uncontrollable and that uncertainty cannot be avoided can further worsen people's anxiety problems.
So many people who are experiencing anxiety problems now face different challenges.How to Protect Your Mental Health During Coronavirus Infection?
1. Limit the news and reflect on the content you read.
- Consider whether the content you are reading or watching is feeling good. Choose a scientific time to watch and read news.
- Prioritize trusted media. Because there are so many false news and rumors spreading at this time. Please check the websites of government and health organizations.
2. Stay away from social networks and stop worrying content.

- Stop following an account that publishes content that raises concerns on social media, such as Twitter and Facebook. Mute or unfollow him.
Silence or mute content that may be worrying about sending others to Viber and WhatsApp. Turn her off.
There are many people in our society who are far away from social media and have peace of mind. This time follow them.
3. Wash hands, but do not overdo it.

People with mental problems such as OCD have now been found to suffer from a worldwide pandemic of the coronavirus.
If you are advised to wash your hands frequently, they may feel worsened.

It is not proper to leave them alone.
So consider the situation of a person with a mental problem and be careful.
So consider the situation of a person with a mental problem and be careful.
4. Keep in touch with other people.

In the coming days, many people may be living alone.
So make a list of the telephone numbers and other contacts of the people you love and love.
Even in the case of solitude, make a daily diary and follow it. Try to be diverse every day.
Being alone for two weeks can make it productive. Think about it.
You can do a lot of creative work in two weeks. You can make a to-do list. Or you can finish reading a book you've read a long time ago.
5.Don't do work which push it yourself.

The mental health system, called Mind, has suggested that people at this time enjoy nature, stay in the sun for a long time, exercise, eat good food and drink enough water.
Anxiety UK's Suggestion To Remove Worry :
- Accept: As soon as uncertainty arrives in the brain, accept it as a reality.
- Relaxation: Don't act like you always have. No response Take a break and breathe comfortably.
- Don't be deceived: Thoughts are not reality, so do not be deceived.
0 comments:
Post a Comment